• उर्लाबारीः मोरङको उर्लाबारीमा समाजिक काममा स्थापित  संस्था न्यानो अभियान नेपाल दिनदुखिको सेवामा सक्रियताको साथ अघि बढिरहेको छ । बिभिन्न रचनात्मक कामसँगै स्थानिय स्तरमा मात्र नभएर न्यानो अभियानको चर्चा देशविदेशमा समेत छ । कहिले बिरामीलाई सहयोग जुटाईदिने त कैले बाढि पीडितलाई सहयोग । घर नभएकालाई घर त कैले अनाथ आश्रममा सहयोग । यसरी अघि बढिरहेको न्यानो अभियान नेपालले यतिवेला जाडोबाट पीडित भएका दिनदुखिहरुका लागि न्यानो कपडा बितरण सहित स्वास्थ्य शिविर गरिरहेको संस्थाका अध्यक्ष पूर्ण सिंगक लिम्बूले बताएका छन् ।

    यसैक्रममा मोरङ उर्लाबारी वडा नं. ४ बक्राहा घाटमा न्यानो कपडा वितरण गरिएको छ ।
    न्यानो अभियान नेपाल, उर्लाबारीले १५ जनालाई जेष्ठ नागरिकलाई कम्बल र २० जना बालबालिकाहरुलाई ज्याकेट वितरण गरिएको हो । सोही अवसरमा गोदावरी हस्पिटल प्रा.लि. उर्लाबारीको सहयोगमा ५१ जनाको निःशुल्क स्वास्थ्य परिक्षणको साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । कार्यक्रममा पूर्व गाविस सचिब तथा समाजसेबी जयधर्म आचार्यको प्रमुख आतिथ्यता भएको थियो । उनले गरिब तथा विपन्न समूदायलाई न्यानो कपडा वितरण गर्ने कार्य उदाहरणीय भएको बताएका छन् ।

    त्यस्तै, पत्रकार केदार चौहानले सामाजिक गतिबिधिमा न्यानो अभियान अग्रस्थानमा रहेर काम गर्दै आएको भन्दै खुलेर प्रशंसा गरेका छन् । कार्यक्रममा अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बू, वरिष्ठ उपाध्यक्ष सञ्जिब बुढाथोकी, उपाध्यक्ष सरोज बस्नेत, सदस्यद्वय कृष्ण वाइबा, शंकर निरौलालगायतले कम्बल तथा ज्याकेट हस्तान्तरण गरेका थिए ।

    विपन्न समूदायहरुलाई आफ्नो स्वास्थ्य बारेमा जानकारी होस् र न्यानो कपडाको अभावमा पीडित हुनु नपरोस् भनेर विगत चार बर्षदेखि न्यानो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…