• काठमाडौं । जनयुद्धमा एकमात्र छोरालाई गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको लागि नयाँ घर बन्ने भएको छ । उनले सहिद परिवारले राज्यबाट पाउने राहत रकम दश लाख पनि प्राप्त गरेका छन् ।

    बीबीसी साझा सवालको आईतबारको ईपिसोडमा मंगले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए ।मंगले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीले आँशु थाम्न नसकेको र रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भावुक हुँदै घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएको साझा सवालको उक्त ईपिसोड लाखौँले हेरेका छन् ।

    मतदाताहरुलाई धन्यवाद दिएर काठमाडौं फर्किएका अनन्तले मंगले घर निर्माणको घोषणा गरेका छन् । उनले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्न लागेका हुन् । अनन्त माघ २ मा जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको लागि घर निर्माण गर्न शिलान्यास गर्ने भएका छन् ।अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम मंगले परिवारले पाएको छ ।

    मंगलले सहिद परिवारले पाउने राहत रकमको पाँच लाख रुपियाँ २ पुसमा बुझेका छन् । पाँच लाख भने उनले विभिन्न किस्तामा पहिल्यै बुझिसकेका छन् । ‘उहाँले पाँच लाख बुझ्न बाँकी रहेछ, त्यो २ पुसमा बुझ्नुभएको छ,’ नेता अनन्तले भने, ‘पाँच लाख विभिन्न चरणमा पहिल्यै बुझिसक्नुभएको रहेछ ।’

    प्रमुख जिल्ला अधिकारी डा‍.डिजन भट्टराईले मंगले बुढाले २ पुसमा ५ लाख बुझेको पुष्टि गरे ।‘असार २२ गते आफै आएर निवेदन दिनुभएको थियो । असार २६ गते नै उहाँहरुले पाउनुपर्ने पाँच लाख रकम उहाँहरुको पुरानो खातामा पठाईसकिएको थियो । तर बीचमा उहाँहरु आउनुभएन,’ प्रजिअ भट्टराईले भने, ‘पुस २ गते आएर पाँच लाख बुझ्नुभएको छ ।’

    साझा सवालमा वरिष्ठ नेता अनन्तले ‘सहिद परिवारले पाउने १० लाख पाउनुभयो की भएन रु’ भनी सोध्दा मंगले बुढाले ‘पाको छैन’ भन्ने जवाफ दिएका थिए । उनको जवाफले अनन्त र ओनसरी भावुक बनेका थिए । तर उनले पाँच लाख यसअघि बुझिसकेका रहेछन् ।

    ‘बुढापाका खामभाषीलाई नेपाली भाषाको केहीं समस्या हुन्छ, प्रश्न गर्दा सरकारबाट पाउने राहत रकम भन्ने नभई अरु कुनै रकम पाउने पो हो की भन्ने मानेर रकम नपाएको भन्ने जवाफ दिएको पाईयो,’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकले भने, ‘तर उहाँहरुले पाँच लाख पहिल्यै विभिन्न किस्तामा बुझिसक्नुभएको रहेछ । २ पुसमा थप पाँच लाख बुझ्नुभएको छ ।’

    मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा माओवादीको गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए ।

    मंगलेका तीन छोरीमध्ये एकको निधन भईभईसकेको छ । उनलाई गाउँमै विवाह भएकी छोरीले हेरचाह गरिरहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…