भद्रपुर । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल यहि भदौ २० गते झापा आउने हुनु भएको छ ।
नेपाल जेसीजको क्षेत्र क को क्षेत्रीय सम्मेलनको उदघाटन गर्न शुक्रवार पूर्व प्रधानमन्त्री खनाल झापा आउने कार्यक्रम तय भएको आतिथ्यता शाखा भद्रपुर जेसीजका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक बसन्त पोखरेलले बताउनु भयो । यस भन्दा अघि प्रदेश नम्बर १ का मुख्य मन्त्री आउने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर विविध कारण देखाउँदै समय नि नसकेपछि पूर्व प्रधानमन्त्री खनाललाई ल्याउने निश्चित गरिएको हो । निर्देशक पोखरेलका अनुसार सम्मेलनमा राजेन्द्र लिङ्देन, रविन कोइराला, बद्री पाण्डे, रमेश पसाई तथा सृखला खतिवडाले समेत सम्बोधन गर्नु हुनेछ ।