काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् । बुधबार क्याटरिङ ब्यबसायी संघ काठमाडौँद्धारा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले समयको माग, पार्टी र संसदले दिने जिम्मेवारी अनुसार आफू राष्ट्रपति बन्न तयार रहेको बताएका हुन् । नेपालले विचार र संगठनात्मक विषयमा छलफल गर्दै अगाडि बढ्नु भन्दै ‘सरकार गठन र एकताप्रकृया सँगसँगै हुने बताएका छन् ।