• किशोर श्रेष्ठ

    उर्लाबारी । मोरङ उर्लाबारी चोकमा रहेको राउन्ड अवार्डमा जम्मा भएका फोहोर ग्लोबल युवा क्लब आइतबारेको आयोजनामा बिहिवार सरसफाइ गरिनुका साथै त्यहाँ रहेका फुलहरुको गोडमेल समेत गरिएको छ । एकपछी अर्को सामाजिक कामहरू गर्दै आएको क्लबले नगरकै आकर्षणका रूपमा रहेको राउन्ड अवार्डको उर्लाबारी नगरपालिकाको सहयोगमा सरसफाइ गरिएको हो ।

    स्वतस्फूर्त रूपमा युवाहरू सामाजिक कार्यमा सकृय बन्नु उदाहरणीय कार्य रहेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताएका थिए । फागोले भने -स्थानीय युवाहरूको सामाजिक कार्य प्रतिको मोहले नगरको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ, यस किसिमका सामाजिक कार्यमा अन्य युवाहरूले पनि ग्लोबल क्लबले जस्तै समाज रुपान्तरणमा भुमिका निर्वाह गर्न सक्नुपर्छ ।

    सामाजिक उत्तरदायित्व सहित क्लबले राउन्ड अवार्डको सरसफाइ गरेको क्लबका अध्यक्ष प्रेमबहादुर याख्खाले बताए । आगामी दिनहरूमा पनि यस किसिमका सामाजिक कार्यहरूलाई निरन्तरता दिदै जानै पनि अध्यक्ष याख्खाले बताए । सहभागी सबैलाई धन्यवाद दिदै क्लबका सचिब नेत्र आपागाइले सबैको साथ सहयोगले गर्दा नै सामाजिक कार्यहरु गर्न थप प्रेरणा र उर्जा मिलेको बताए । सदैव सोही किसिमका सहयोगको अपेक्षा पनि क्लबले राखेको सचिब आपागाईले बताएका थिए । सरसफाइ कार्यक्रममा क्लबका सदस्य , उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो, नगरपालिकाका अन्य कर्मचारी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…