• बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर कमल भण्डारीलाई अगस्ट महिनाको ‘अफिसर अफ द मन्थ’ को अवार्ड प्रदान गरिएको छ ।
    नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको यस महिनाका अफिसर मन्थको अवार्ड भण्डारीले प्राप्त गर्नु भएको हो । यो अवार्डसँगै सिनेटर भण्डारीले प्राप्त गरेको दोस्रो अवार्ड हो । यस भन्दा अघि मार्च महिनामा पनि भण्डारीले अवार्ड प्राप्त गर्नु भएको थियो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले नेपाल जेसीजका बोर्डमा रहेका पदाधिकारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना अफिसरलाई यो अवार्ड प्रदान गर्नु हुन्छ ।
    एरिया बि को निरुपित राष्ट्रिय उपाध्यक्ष भण्डारीले अगष्ट महिनामा आफ्नो निरुपित क्षेत्र नरायणगढ जेसीजको आथित्यतामा राष्ट्रिय टट र रत्ननगर जेसीजको संयोजनामा जुनियर जेसीजको राष्ट्रिय एकाडेमी उत्कृष्ट रुपमा सम्पन्न गर्नु भएको थियो । सिनेटर भण्डारीले कामको दौरानमा पाएको यो अवार्डले अझ जिम्मेवारी बढेको बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…