बाहुण्डाँगी । नेपाल जेसीजले हरेक महिना वितरण गर्ने अगष्ट महिनाको जेसीज अफ द मन्थको अवार्ड यो महिना धुलावारी जेसीज, सारदानगर जेसीज, सांखु जेसीज र त्रिभूवननगर जेसीजले प्राप्त गरेका छन् ।
बुधवार नेपाल जेसीजले सार्वजनिक गरेको यो महिनाको अवार्ड अन्तर्गत एरिया ए बाट धुलावारी जेसीज, एरिया बि बाट सारदानगर जेसीज, एरिया सि बाट सांखु जेसीज र एरिया डि बाट त्रिभूवननगर जेसीजले जेसीज अफ द मन्थको अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।
नेपाल जेसीजका ४ वटा क्षेत्र मध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट कार्य गर्ने एउटा शाखालाई हरेक क्षेत्रमा अवार्ड प्रादन गरिन्छ । जस अनुसार धुलावारी, सारदानगर, सांखु र त्रिभूवननगरले अवार्ड जित्न सफल भएका हुन् । धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, सांखु जेसीजका अध्यक्ष रामेश्वर ढकाल र त्रिभूवननगर जेसीजका अध्यक्ष बसन्तराज अधकिारी रहनु भएको छ ।