• बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा जुत्ता पोलिसदेखि व्युटिपार्लरसम्मको सुविधा दिने तयारी गरिएको छ ।
    भद्रपुर जेसीजको आतिथ्यतामा हुने सम्मेलनमा सहभागी हुन आउने जेसीजकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधाहरु दिने तयारी गरिएको छ । जसमा जुत्ता पोलिस, व्युटिपार्लर, शैलुन, बेबी केयरलगायतका सुविधाहरु रहनेछन् ।
    यसैगरी आतिथ्यता शाखा भद्रपुर जेसीजले यो कन्फ्रेन्समा शाखा अध्यक्षहरुलाई मायाको चिनोको रुपमा यो पटक चाँदीको सिक्का दिने तयारी समेत गरेको छ ।
    भद्रपुरको सिटी गार्डेनमा हुने सम्मेलनको तयारी समेत पुरा भएको छ । बुधवारबाट नेपाल जेसीजका पदाधिकारी तथा यस क्षेत्र भन्दा बाहिरका शाखाका पदाधिकारीहरुको उपस्थिति हुन थालेको छ ।
    सम्मेलन निर्देशकमा शाखाका पूर्व अध्यक्ष बसन्त पोखरेल रहनु भएको छ भने यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेल, निरुपित उपाध्यक्ष सिनेटर इनु थापा, निरुपित उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ र लालमणी भण्डारी रहनु भएको छ ।
    सम्मेलनमा सहभागि हुन यस क्षेत्रका करिब ६ सय र पर्यवेक्षक गरी ७ सयको सहभागिता रहने शाखा अध्यक्ष अनुज खतिवडाले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…