• काठमाडौं ।  सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ। लामो तयारी गरेर कुबेत गएको नेपालले कुबेतलाई रोक्ने योजना बनाएको छ।

    नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुबेतसँग राम्रो प्रदर्शन गर्न खेलाडी तयार रहेको बताए। ‘कुबेत बलियो टोली हो। घरेलु मैदानको साथ उसलाई छ। हामीले कुबेतलाई रोक्न राम्रो तयारी गरेका छौं। कुबेतसँग हाम्रो रणनीति रक्षात्मक हुनेछ। नतिजाका लागि भन्दा पनि हामी उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछौं,’ कालिनले भने। नेपाली टोलीका कप्तान किरण चेम्जोङले कुबेतसँग यसअघि पनि मैत्रीपूर्ण खेल खेलेकाले सजग भएर खेल्ने बताए।

    यसैगरी कुबेतका प्रशिक्षक रोमियो जोज्याकले नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए। ‘हामीले विश्वकप छनोटलाई लक्षित गरी लामो तयारी गरेका छौं। छनोट खेल १३ महिनासम्म चल्छ। कुबेतले छनोटको लक्ष्यसहित सबैलाई जित्नेगरी तयारी गरेको छ। भर्खर इराकसँग खेलले पनि टोलीमा उत्साह थपिएको छ। हामीले नेपालसँगको खेललाई मात्र हेरेका छैनौं,’ जोज्याकले भने।

    नेपाल र कुबेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुबेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। फिफा वरीयतामा पनि कुबेत केही बलियो छ। कुबेत एक सय ५६औं र नेपाल एक सय ६६औं स्थानमा छ। विश्वकप छनेटमा नेपाल समूह ‘बी’ रहेको छ। यस समूहमा कुबेत, बलियो टोली अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन्।

    होम एन्ड अवेका आधारमा खेलाइने छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म चल्नेछ। नेपालले कुबेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा खेल्नेछ। नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ। नेपालले चाइनिज ताइपेईसँग सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दोस्रो खेल खेल्नेछ। समूह चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिख उसैको मैदानमा र सन् २०२० को मार्च ३१ तारिखमा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ।

    एसियाली फुटबल महासंघ ९एएफसी० ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन्। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…