• किसोर श्रेष्ठ  उर्लाबारी ।

    उर्लाबारी–६ की २७ बर्षीया मञ्जु धिमाल राईको दुवै मिर्गौला फेलभएपछि उनी र उनको परिवार उपचारका सहयोगको लागि भौतारि रहेको छ ।

    ६ महिना अघि श्रीमानको मृत्यु भएपछि दैनिक गुजारा गर्न समेत सकस परिरहेकै अवस्थामा मिर्गौलामा खराबी देखिएपछि मञ्जु माथी थप पीडा थपिएको छ ।

    नावालक दुई सन्तानकी आमा समेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न यतिबेला धौधौ परेको छ । गत दुई महिनादेखि मिर्गौला रोगबाट थलिएकी उनलाई काठमाडौंमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाब दिएको बताउँछिन् । सरकारले डाइलोशिसमा निःशुल्क गरेपनि मिर्गौला प्रत्यारोपण मोटो रकम खर्चिनु पर्ने भएकोले उनी सहयोगको लागि सबैसँग आग्रह गर्छिन् । आफ्ना लागी भन्दा पनि सन्तानका लागी जिवन जीउने आशा अझै रहेकाले सबैसँग सहयोगको याचना गर्दै उनले गहभरी आसु पार्दै भनिन् “मलाई मेरा सन्तानका निम्ति भएपनि मलाई बाच्नु छ, मलाई केही भए मेरा सन्तान टुहुरा हुन्छन्, सबैको सहयोगको आसा राखेको छु ।”

    उनलाई परिवारकै सदस्यले मिर्गौला दान गर्ने भएका हुन् । मिर्गौला प्रत्यारोपणको लागि उनलाई कम्तिमा १० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । मञ्जु धिमाल राईलाई सहयोग गर्नहरुले एनएमबी बैंकको खाता नम्बर ०५३२०७००५४७००९०००००१ मा रकम जम्मा गर्न सकिने छ । थप जानकारीका लागि ९८१८४६८३७० मा सम्पर्क गर्न सकिने छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …