• दाङ, १३ पुस, एक श्रीमतीले आफ्ना श्रीमानको हातका औंला काटेर पोलेर खाएको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतराले आफ्नो श्रीमान चन्द्रबहादुरको दायाँ हातका चारवटा औँला काटेर पोलेर खाएकी हुन् ।

    रिसमीले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि घटना सार्वजनिक भएको छ । रिसमीलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    चन्द्रबहादुरलाई आज बिहान उपचारका लागि तुलसीपुर ल्याइएको थियो। राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

    गएराती मदिरा सेवन गरी घर आएका श्रीमानलाई समातेर उनले घरेलु हतियारले औंला काटिदिएकी थिइन् । आवेगमा आएर औंला काटिदिएको र पोलेर खाएको रिसमीले प्रहरीलाई बयान दिएकी छन् ।

    रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरका ६ वटी श्रीमती रहेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।

    तस्विर: फेसबुकबाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…