• काठमाडौं । गत शुक्रबार चिनियाँ ह्याकरले दरबारमार्गमा रहेको नविल बैंकबाट बिभिन्‍न बैंकका एटिएम प्रयोग गरि एक करोड बढी रकम झिकेपछि बैंकिङ क्षेत्रमा तरंग पैदा गरिदिएको छ । चिनियाँ ह्याकरले नेपालका बैंकमा मात्र नभएर भारतीय बैंकबाट समेत रकम झिकेको खुलासा भएको छ ।

    गएको शुक्रबार नेपालका विभिन्न एटीएमबाट चिनियाँ ह्याकरको टोलीले जथाभावी पैसा झिकेपछि राष्ट्र बैंकले एउटा छानबिन टोली गठन गरेको थियो । उक्त टोलीले अध्ययन गर्दै नेपाल र भारतबाट ह्याकरले पैसा झिकेको निष्कर्ष निकालेको छ ।

    ह्याकरहरुले नेपालका नेप्स प्रणालीमा आबद्ध ७ वटा बैंकको कार्ड प्रयोग गरेर नेपाल र भारतबाट गरी ३ करोड ५८ लाख रुपैयाँ रकम झिके टोलीको दावी छ ।

    छानबिन टोलीको प्रतिवेदनअनुसार ह्याकरले नेप्समा आवद्ध ७ वटा बैंकका भिसा कार्ड क्लोन गरेर ३ करोड ५८ लाख रुपैयाँ पैसा झिकेका छन् । ह्याकरले नेपालबाट १७ बैंकका ६८ एटीएम कार्ड प्रयोग गरेर १ करोड ८९ लाख ४४ हजार रुपैयाँ झिकेका छन् भने भारतबाट नेपालका ६ वटा बैंकको १ करोड ५ लाख ८७ हजार रुपैयाँ झिकेका छन् ।

    उनीहरूले भारतीय २४ बैंकका १ सय ३२ एटीएम प्रयोग गरेको पनि अध्ययन समितिको प्रतिवेदनमा खुलासा गरिएको छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…