• काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वैदेशिक रोजगारी र विभिन्न कारणले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले सर्वोच्च अदालतले गरेको फैसला अनुसार दूतावासमार्फत् नेपाली नागरिकलाई मतदान गर्न पाउने अधिकार दिनु पर्ने बताएको हो ।

    नेपाली कांग्रेसको दोस्रो जागरण कार्यक्रम घोषणा गर्दै कांग्रेसले सर्वोच्च अदालतले मतदानको अधिकार दिनू भनी फैसला गरेको दुई वर्षसम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारप्रति आक्रोस पोखेको छ ।

    आफ्नो दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको बताउँदै कांग्रेसले वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट अभियान सुरु हुने जनाएको छ । दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    प्रवक्ता शर्माका अनुसार अभियानमा हरेक क्षेत्रमा एक नेताका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिने छन् । १५ दिन सञ्चालन हुने अभियान असोज ७ गते सकिनेछ । यसअघि कांग्रेस ७७ जिल्लामा एक महिने जागरण अभियान सञ्चालन गरेको थियो ।

    कांग्रेसका अनुसार दोस्रो चरणको अभियानमा केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको छ । अभियानमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता शर्माले जनाएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…