• नेपालगन्ज । पुर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आइपुग्नु भएको छ । जेड सेक्युरिटी(z security)मा कडा सुरक्षा घेरामा पुर्व राजा ज्ञानेन्द्र शाहलाई बाँकेको राँझा बिमानस्थलबाट नेपालगन्जको सोल्टी होटलसम्म पुर्याइएको छ । हजारौँको संख्यामा पुगेका जनताले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । निजि भ्रमणमा आउनुभएका पुर्व राजालाई स्वागतकोलागी गएको जनताको भिँड हटाउन सुरक्षाकर्मीलाई निकै गार्हो परेको थियो । पुर्व राजा शाहलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

    पुर्व राजा ज्ञानेन्द्र शाहसंगै आउनुभएका राप्रपाका केन्द्रिय सदस्य ऋषि देवकोटाले ओएस नेपाललाई जानकारी दिँदै भन्नुभयो- उहाँको अत्यन्तै निजि भ्रमण हो, अहिले हाम्रो नेपालगन्जको होटेल सोल्टिमा बसाई रहेको छ ।
    मध्य तथा सुदुरपश्चिमको भ्रमण तालिका सहित आउनु भएका पुर्व राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गर्ने वा नगर्ने अँजै निश्चित भएको छैन । पुर्व राजाको स्वागतमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्ता समेत स्वागतका लागि विमानस्थल पुगेका थिए । ठूलो सङख्यामा जनताहरु पुर्व राजालाई स्वागत गर्न विमानस्थल पुगेपछि विमानस्थलको सुरक्षा व्वस्था समेत अत्यन्तै कडा पारिएको थियो ।

    .

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …