झापाको कमल गाउँपालिका वडां.नम्बर ४र ६ को संगम स्थल जीवन चौकमा आँउदो असोज ६ गते सोमबारका दिनबाट साप्ताहिक हाटबजार लाग्ने भएको छ ।
हिजो सम्पन्न बजार व्यवस्थापन समितिको गठन बाट बजार व्यवस्थापन अध्यक्षमा बि.सप्लायर्स तथा बिजुली भण्डारका सञ्चालक राजकुमार तामाङ्ग सर्वसम्मत चयन हुनुभएको छ । साथै बजार व्यवस्यापन समितिमा २१ सदस्य चयन गरिएको छ ।
यस गाउँका उपभोक्ताहरु दैनिकी दमक, गौरादह, केरखा बजार सामान्य उपभोगिय वस्तुहरु लिन १ घण्टाको बाटो हिड्नु पर्न बाध्यता रहेकोमा अब यहीँ बाट आफूले उत्पादन गरेका बस्तु तथा उपभोगिय बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले यस ग्रामीण क्षेत्रमा नै बजार लगाउन आटिएको स्थानीय व्यवसायी अग्नि प्रसाद सुवेदीले जानकारी दिनुभयो ।