• म्याड्रिड / विश्वभर छरिएका गैर आवासीय नेपालीहरू यतिबेला आफ्नो नेता छान्न ब्यस्तछन् । बिदेशी भूमिमा बसेर ब्यावसाय गरिरहेका नेपालीहरू आफ्नो ब्यावसायिक सुरक्षा र नेपालका लागि गर्न सक्ने सम्भाब्य लगानीका बिषयमा बढी चिन्तित छन् ।
    सोही क्रममा एनआरएन स्पेनको छटौं महाधिवेशनले म्याड्रिड,विलबाउ,ग्रानकानारिया र वार्सिलोनामा चुनावी सरगर्मी निक्कै बढेको छ । सेप्टेम्बर ८ तारिखमा म्याड्रिड,विलबाउ,ग्रानकानारियामा चुनाव हुँदैछ भने ९ तारिखमा बार्सिलोनामा चुनाव हुँदैछ । यो पटक चुनावमा मोरङ विराटनगरका पेशलकुमार कोइराला र देउकाजी गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । कोइराला स्पेनका नेपालीहरू निक्कै लोकप्रिय छन् ।कोइरालाले यस अघि पनि विभिन्न पदमा बसेर सफलता पूर्वक आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् । कोइराला सैद्धान्तिक बहस,नीतिगत ब्यवस्थापन र भावी कार्ययोजनाका साथ चुनावी मैदानमा छन् भने उनका प्रत्यासी गुरुङ समावेसी नारा बोकेर आफन्त नाता गोता र कुल कुटुम्ब बटुलेर हिडिरहेका छन् । कोइरालाले चुनाव जित्ने आधार तयार गरिसकेको बताउँदै एक जनजाति समूदायका एनआरएनले भने – कोइरालाले जात,धर्म,वर्ण,लिङ्ग र दलीय आस्था भन्दा माथि उठेर स्पेनमा रहेका प्रवासी नेपालीको पक्षमा काम गरिरहेका छन् । उनको तर्क थियो–‘स्पेन जस्तो मुलुकमा बसेर जात, धर्म र आस्थाका आधारमा भोट हालिदैन् ।


    यस्तै निवर्तमान अध्यक्ष एवं नेपाली काङ्गेसका महाधिवेशन प्रतिनिधि चिन्तामणि सापकोटाले यो पटक आइसीसीमा उम्मेद्वारी दिएका छन् । सापकोटाले एनआरएन स्पेनलाई स्वच्छ संस्थाको रुपमा विकसित गर्ने स्पष्ट एजेण्डा तय गरेकाछन् । उनले भनेका छन्– एनआरएन स्पेनलाई विश्वको सबैभन्दा प्रभावकारी संगठन निर्माण गर्ने मेरो लक्ष्य हो । पूर्व उपाध्यक्ष एवं चितवन समाजका निर्वतमान अध्यक्ष प्रकास तिम्सिना र सुनील राना भाट बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
    यस्तै उपाध्यक्षमा सोनु राउत पनि अहिले चर्चामा छन् । राउत नेपालीहरूको दुखमा मलम पट्टी लगाउने अभियानमा सबैभन्दा अघि छन् । उनले नेपालमा बाढीले दुख दिँदा होस वा भुकम्पले मानिस सोत्तहर हुँदा लाखौं रुपैयाँ उठाएर नेपाल पठाएका छन् ।
    उपाध्यक्षको समावेशी उम्मेद्वारका प्रत्यासी हुन– दिनेश गिरी । गिरी जीत नजिक छन् । उनले प्रवासमा रहेर नेपालको हरेक गतिविधिमा साथ सहयोग गरेका छन् । गिरीले भने भाषणले हैन् ,योजना र एजेण्डाका साथ म चुनावी मैदानमा उत्रिएको हुँ ।
    शैक्षिक योग्यताका आधारमा सबैभन्दा अब्बल उम्मेद्वार हुन– विनय अधिकारी । अधिकारी यतिवेला म्याड्रिड र वार्सिलोनामा सबैको प्रिय बनेका छन् । लामो शैक्षिक अभियानको अनुभव बोकेका अधिकारी महासचिव पदका प्रत्यासी हु्न् । अधिकारीका प्रत्यासी सामाजिक रुपमा परिचित भएपनि स्पेनको भूगोलका लागि उनी नयाँ अनुहार हुन् ।उनको उम्मेद्वारी रहर मात्र हुने स्पेनी नेपालीहरू बताउँछन् ।
    लोकतान्त्रिक तर्फ सचिवका प्रत्यासी हुन –रवि पुढासैनी । पुडासैनी स्पेन बसेर पत्रकारिता गरिरहेका छन् । पुढासैनी र दुर्गाप्रसाद घिमिरे सचिवका उम्मेद्वार हुन् । सचिवमा दुई जना निर्वाचित हुने ब्यवस्था छ । कोषाध्यक्ष पदमा लोकतान्त्रिक पक्षका सन्तबहादुर क्षेत्री र समावेसी समूहका गोविन्द तिम्सिनाको उम्मेद्वारी परेको छ । विगत १८ वर्ष देखि स्पेनमा बसिरहेका क्षेत्री बिनासकारी भूकम्पले नेपाल रोएको बेला नेपालीको आँशु पुछ्न अघि सर्ने पहिलो स्पेनी नेपाली हुन् । क्षेत्रीका अगाडि तिम्सिना सबै विषयमा फुच्चा देखिएका छन् ।
    सह कोषाध्यक्षमा महन्त महर्जन पनि जीत नजिक पुगेका छन् ।
    यस्तै ५ सदस्य पदका लागि ११ जनाको उम्मेद्वारी परेको छ । लोकतान्त्रिक तर्फका शालिकराम डुम्रे,विदुर गौतम,लक्ष्मण खत्री,शितल खतिवडा र हेम मल्ल ठकुरी उम्मेद्वार छन् । महिला सदस्यमा इमा सापकोटा भट्टले जित्ने सुनिश्चित भइसकेको स्पेनबासी नेपालीको दाबी छ ।
    स्पेनमा रहेका २ हजार ३ सय ९६ जनाले नेतृत्व चयनका लागि मतदान गर्नेछन्

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…