• उर्लाबारीःनेपाल तामाङ घेदुङ उर्लाबारी नगर अधिवेशनबाट सामाजिक काममा सक्रिय युवा राजु लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षद्वयमा खड्गकुमारी खड्गी र पदमा मोक्तान, सचिबमा राजकुमार योञ्जन, सहसचिबमा सावित्रा तामाङ र कोषाध्यक्षमा मनमाया तामाङ रहेका छन् । त्यस्तै, सदस्यहरुमा शान्ति घिसिङ, कुमारी तामाङ, मनकुमारी वाइबा, सम्झना तामाङ, होमबहादुर तामाङ र सोनाम तामाङ सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलकी संयोजक रामप्यारी तामाङले जानकारी दिइन्



    कार्यक्रममा निवर्तमान अध्यक्ष अमिर तामाङले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन सचिव गजेन्द्र तामाङले प्रस्तुत गरेका थिए ।

    नवनिर्वाचित कार्य समितिलाई शुभकामना दिदै तामाङ समुदायको भाषा, धर्म, कला, संस्कृति र भेषभुषा संरक्षण र प्रबर्द्धनका लागी आफूले महोत्वपूण भूमिका निर्वाह गरेको र आगामी नेतृत्वले पनि यसलाई निरन्तरता दिनेमा ढुक्क रहेको निवर्तमान अध्यक्ष अमिर तामाङले बताएका थिए ।

    तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कुतिको सम्बर्द्धन गर्न र समुदायका मानिसहरुको दुखमा घेदुङ सहयोगी बन्ने नवनिर्वाचित अध्यक्ष राजु लामाले बताएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…