• कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको निधन भएको छ । निधन हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७ः३५ बजे ठक्कर दिएको थियो । बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ः५ बजे निधन भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    ‘चिनियाँ औद्योगिक ग्राम बनाउन चाहन्छन्’

    स्थानीय सरकार र चिनियाँ लगानीकर्ताबीच आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र ‘द ईकोनमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राईजेज’को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

    सो अवसरमा चिनियाँ लगानीकर्तासँग समन्वय गरिरहनु भएका पूर्वगृह एवं ऊर्जामन्त्री जनार्दन शर्माले चिनियाँ लगानीकर्ताले नेपालमा औद्योगिक ग्राम निर्माण गर्न चाहेको बताउनुभयो । काठमाडौँमा शनिबार भएको कार्यक्रमपछि व्यवसायीले चितवनमा औद्योगिक ग्राम निर्माण गर्न चाहेसँगै यहाँको भ्रमण गरेको शर्माले जानकारी दिनुभयो । यहाँ मुख्य ग्राम रहने र सहायक ग्रामहरु विभिन्न जिल्लामा हुने उहाँले बताउनुभयो ।

    सरकारले जग्गा भाडामा उपलब्ध गराई उनीहरुको अनूकुल कानुनी व्यवस्था गर्न र प्रशासनिक काम छिटोछरितो गरिदिन चिनियाँ समूहले माग गरेको शर्माले जानकारी दिनुभयो ।

    सो अवसरमा इन्टरप्राइजेजका टोली नेता फ्यान जिआवोले नेपालमा उत्पादन र व्यापारको क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको भन्दै आवश्यक वातावरण बनाइ दिन आग्रह गर्नुभयो । पहिलो चरणमा चितवनमा काम गर्नका लागि आफ्नो टोली यहाँ आएको उहाँको भनाइ थियो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा लगानीका लागि आह्वान गर्दै आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ पछिको वैकल्पिक शहरको रुपमा भरतपुरलाई विकास गर्न लागिएको भन्दै उहाँले शक्तिखोरको औद्योगिक क्षेत्र, रङ्गशाला, दासढुङ्गादेखि गोलाघाटसम्मको नारायणी नदी, नगरवन, अटो भिलेज, मेट्रो रेलजस्ता क्षेत्रमा चिनियाँ व्यवसायीलाई लगानी गर्न आह्वान गर्नुभयो ।

    छलफलपछि ४२ जनाको चिनियाँ व्यवसायीको टोलीले शक्तिखोरको औद्योगिक क्षेत्रको अवलोकन गरेको महानगर उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …