• कान्तिपुर दैनिकले यस सम्वन्धी समाचारलाई भित्री पृष्ठमा स्थान दिएको छ । ‘क्याबिनेटमा भनाभन’ शीर्षकको समाचारमा लेखिएअनुसार राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले बैठकमै पर्यटनमन्त्री दिलनाथ गिरीको राजीनामा मागेका थिए । आफ्नै पार्टीबाट सहभागी मन्त्रीको राजीनामा मागेपछि देउवाले पछि छलफल गर्ने भन्दै विषयान्तर गरेका थिए ।

    समाचारमा लेखिएको छ- आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासकै अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए । उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए । ‘मलाई नसोधी यो प्रस्ताव कहाँबाट ल्याउनुभयो ?’ थापाले उक्त प्रश्न राख्नासाथ दुई जनाबीच विवाद चर्किएको सहभागी एक मन्त्रीले बताए ।

    ‘जवाफमा गिरीले मन्त्रालयको कामको प्रकृति र विषय हेरी हालको सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माभन्दा सिंह उपयुुक्त हुने भन्दै हेरफेर गर्नुपर्ने बताएका थिए,’ समाचारमा लेखिएको छ, ‘गिरी अडानमै रहेपछि थापाले दोहोर्‍याएर राजीनामा मागे । त्यसपछि गिरीले राजीनामा माग्ने अधिकारी थापालाई नभएको जिकीर गरेका थिए ।’

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …