• बाहुण्डाँगी । प्रस्तावित धनकुटा लेडी जेसीजको प्रथम जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । स्थापना समयको पहिलो सप्ताह शाखाले एक साता भरी विभिन्न कार्यक्रमका आयोजना गरी मनाउने तयाी गरेको छ ।
    जस अन्तर्गत पहिलो दिन दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । जसको पहिलो कार्यक्रम साहित्यकार डा.झमक कुमारी घिमिरेलाई सम्मान सहित उद्घाटनको सुरुवात गरिएको छ । सप्ताहको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि झमककुमारी घिमिेरे साहित्य प्रतिष्ठान धनकुटाका अध्यक्ष पूर्व सांसद श्री गोपाल गुराँगाईले गर्नु भएको थियो । उद्घाटनको अवसर पारेर शाखाले साहित्यकार घिमिरेलाई सम्मान गरिएको हो । शाखाका संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापाको अध्यक्षतामा र उपाध्यक्ष बिमला न्यौपानेको संयोजनमा भएको कार्यक्रममा बिभिन्न स्थानिय संघ संस्थाको उपस्थितीमा सम्पन्न गरीएको छ।आजको यस कार्यक्रमको संचालन महासचिब साबित्रा राईले गर्नु भएको थियो । स्वागत मन्तव्य वबिता याक्खाले गर्नु भएको थियो भने आस्था पाठ अर्चना श्रेष्ठले गर्नु भएको थियो ।

    यसैगरी, दोस्रो कार्यक्रम बाल पुनर्सथापना केन्द्र, श्रीपन्चमी पार्क धनकुटामा रहेका बालबालिकाहरुलाई खाजा खुवाउने कार्यक्रमको आयोजना गरि सप्पन्न गरीएको छ । कार्यक्रम संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिकाकी उपप्रमुख तथा बालपुनर्स्थापना केन्द्रकी अध्यक्ष सकुन्तला बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न् भ्एको छ। संयोजनद्वय कोषाध्यक्ष धारणा श्रेष्ठ जोशी र कोष वृद्धी संयोजक स्मिता श्रेष्ठ जोशीको संयोजकत्वमा सम्पन्न गरिएको थियो । कार्यक्रममा धनकुटा जिल्लामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, आयोजक संस्थाका पदाधिकारी र सदस्यहरु,मिस धनकुटाका प्रतियोगी लगायतका महानुभावहरुको उपस्थितीमा सम्पन्न गरीएको थियो ।यस कार्यक्रमको संचालन सदस्य वबिता याक्खाले गर्नु भएको थियो भने स्वागत भाषण स्मिता जोशीले गर्नु भएको थियो । कार्यक्रममा आस्था पाठ अर्चना श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाबाट धनकुटा लेडी जेसीजलाई सहयोग र प्रोत्साहन गर्दै बाल बालिकालाई त्रिपाल वितरण गर्नु भएको थियो भने मोनाली इन्टरटेन्मेन्ट प्रा.लि. र धनकुटा लेडी जेसीजको आयोजनामा हुन गई रहेको मिस धनकुटा बाट उठेको रकमबाट रू. २५ हजार यस पुनर्स्थापना केन्द्रलाई दिने घोषणा गरीएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…