• बाहुण्डाँगी । नेपाल जेसीजको आयोजनामा हुन लागेको तेस्रो जेसीआई नेपाल एकाडेमी असोज २९ गतेबाट हुने भएको छ ।
    इमाडोल जेसीजको आतिथ्यतामा हुने एकाडेमी ४ दिनसम्म सञ्चालन हुनेछ ।
    अन्तराष्ट्रिय स्तर अनुसार सञ्चालन हुन लागेको एकाडेमीमा विभिन्न देशमा तथा भारतको नालान्दामा प्रशिक्षण प्रदान गरिसकेका अन्तराष्ट्रिय प्रशिक्षकहरुद्धारा प्रशिक्षण गराइने एरिया सि का निरुपित कार्यकारीणी उपाध्यक्ष अमिश ढकालले बताउनु भयो । निरुपित ढकालका अनुसार यो एकाडेमी अहिलेसम्मकै उत्कृष्ट हुने हुनले सहभागिता जनाउनका लागि आग्रह गर्नु भयो ।
    एकाडेमीमा सहभागि हुनका लागि असोज १३ गतेसम्म नेपाल जेसीजमा रजिष्ट्रेशन गरिसक्नु पर्नेछ । जसमा शाखाको सिफारिस निवेदन र रजिष्ट्रेशन शुल्क निवेदन समावेश गरिनु पर्नेछ ।
    जम्मा ८० जनाको मात्र कोटा रहेकाले पहिले रजिष्ट्रेशन गर्नेले प्राथमिकता पाउने आतिथ्यता शाखा इमाडोलकी अध्यक्ष सावित्री ढुङ्गानाले बताउनु भयो । अध्यक्ष ढुङ्गानाका अनुसार कार्यक्रम धुलीखेलस्थित धुलिखेल लज रिसार्टमा हुनेछ । एकाडेमीमा सहभागि हुनका लागि जेसीहरुका लागि रजिष्ट्रेशन शुल्क १६ हजार ९ सय र अन्यका लागि २२ हजार ५ सय रहेको छ ।
    यसका लागि नेपाल जेसीजले सबै शाखाहरुलाई पत्राचार गरिसकेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…