• बुद्धशान्ति ,भाद्र २४  झापाको बुद्धशान्तिमा सो गाउँपालिकाकै जेष्ठ नागरिक सम्मानित भएका छन् । बुद्धशान्ति एकका एक सय ६ वर्षीय जेष्ठ नागरिक हरिप्रसाद वाग्ले सोमबार सम्मानित भएका हुन् । बुधबारे जेसीजले जेष्ठ नागरिक वाग्लेलाई उनको घर बुद्धशान्ति १ मै गएर सम्मान गरेको हो ।

     

    बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त वराल, निवर्तमान अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल लगायतको उपस्थितिमा वाग्लेलाई सम्मान पत्र तथा खदा ओडाएर सम्मान गरिएको थियो । जेष्ठ नागरिकका जीवन भोगाईलाई नयाँ पुस्ताले ग्रहण गर्दा सत्कर्मका लागि प्रेरित हुन सकिन्छ भन्दै बुधबारे जेसीजका अध्यक्ष वरालले जेष्ठ नागरिकबाट नयाँ पुस्ताले धेरैकुरा सिक्न जरुरी रहेको बताए ।

     

    बुधबारे जेसीजका महासचिव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक जेसी गजुहाङ योङहाङले सम्मान पत्र बाचन गरेका थिए । यसैकार्यक्रमबाट बुधबारे जेसीजको जेसीज सप्ताह शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत साताभरी विभिन्न कार्यक्रम गरिने सप्ताह कार्यक्रमका मूल संयोजक जेसी सेमन्त पोखरेलले बताएका छन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…