• भाद्र २४, काठमाडौँ । मंगलबार देखी  नेवार समुदायकाे  विशेष पर्व  इन्द्रजात्राको लिङ्गो ठड्याएर शुभारम्भ गरिएको छ ।


    बिहान ९ः१७ बजेको साइत पारेर गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो  ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो ।

    लिंगो आज बिहान हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको छ ।

    अब यो अवधिमा पुलुकिसी र लाखेनाचहरु देखाइन्छ । हप्तादिनसम्म कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ । लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तीपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने गरिन्छ ।

    इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ । त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्नुहुने परम्परा छ । त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ ।

    भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने गुठी संस्थानले जनाएको छ ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखा लगायतका स्थानमा पनि मनाइन्छ।

    धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ।










     

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…