• काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान बस्दैछ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक डाकेका हुन् ।



     



    बैठक प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लागउनका लागि डाकिएको सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



     



    काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ ।



     



    निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको थियो ।



     



     



    त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ ।



     



    निर्वाचनको परिणामका विषयलाई लिएर पार्टीको बैठक बोलाउन नेपाली काँग्रेसका केही केन्द्रीय सदस्यले माग गर्दै आएका छन् ।



     



    कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठकको मिति तोकिने सचिवालयले जनाएको छ ।



     



    केन्द्रीय सदस्य डा शेखर कोइरालाले खुलेआम नै केन्द्रीय समिति बैठक बोलाउन देउवालाई आब्हान गरिसकेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …