• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको एरिया ‘डि’ कन्फ्रेन्सका लागि अग्रिम रुपमा खुलाइएको प्रि रजिष्ट्रेशन बुधवार सकिन्दैछ ।
    अत्तरयिा जेसीजको आतिथ्यतामा असोज ३ र ४ गते हुने सम्मेलनका लागि एक महिना अघिबाट प्रि रजिष्ट्रेशन खुल्ला गरिएको थियो । जुन मंगलवार सम्मका लागि मात्र रहनेछ । अहिलेसम्म करिब २ सय जना भन्दा बढीको रजिष्ट्रेशन भएको आतिथ्यता शाखा अत्तरिया जेसीजका निवर्तमान अध्यक्ष कमल कठायतले बताउनु भयो । यस क्षेत्रका शाखाहरुले प्रि रजिष्ट्रेशन गरेको सबै विवरण बैंकबाट सबै स्टेटमेन्ट ननिकालेका कारण कुन शाखाबाट कति जना भन्ने सबै विवरण आउन बाँकी छ । तर मंगलवार साँझ सम्म भएको संख्या २ सय नाघेको कठायतले बताउनु भयो । बुधवार एक दिन प्रि रजिष्ट्रेशन हुनेछ भने त्यसपछि सम्मेलन स्थलमै पुगेर मात्र रजिष्ट्रेशन गर्नु पर्ने हुन्छ । आयोजकले यस भन्दा अघि नै यस क्षेत्रका सबै शाखाहरुलाई यस विषयमा जानकारी गराइसकिएको शाखा अध्यक्ष गणेश शाहले बताउनु भयो । अहिलेसम्म रजिष्ट्रेशन गरिएका सबै शाखाहरुको विवरण सबै प्रकाशन गरिनेछ ।
    यसो त प्रि रजिष्ट्रेशन गर्ने शाखाहरुका लागि प्रत्येक शाखालाई होटलको नाम र होटल नम्बर मोवायलमै प्राप्त गर्न सकिनेछ । त्यो पनि १ दिन अघि नै । सम्मेलन स्थलमा आएर यसको झन्झट बेहोर्नु नपारोस भन्ने लक्ष्यका साथ ९ दिन अघि नै प्रि रजिष्ट्रेशन बन्द गरिएको हो ।
    नेपाल जेसीजका ४ वटा एरिया मध्ये क्षेत्रगत आधारमा होस या शाखाको आधारमा सबै भन्दा ठूलो क्षेत्र हो । यस क्षेत्रमा ४८ वटा शाखा रहेका छन् भने नारायणगढदेखि पश्चिम सबै क्षेत्र यो एरियामा पर्छ । जसबाट सम्मेलनमा करिब ८ सयको संख्यामा सहभागिता रहने आतिथ्यता शाखाले अनुमान गरेको छ ।
    यस क्षेत्रका लागिनिरुपित कार्यकारीणी उपाध्यक्षमा श्याम सुन्दर पौडेल मिलन, निरुपित उपाध्यक्षहरु रुकमणी सिग्देल, अर्जुन अधिकारी र दिनेश बोहोरा रहनु भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…