• भाद्र २५, बिराटनगर । बिराटनगर महानगरपालिका जनस्वास्थय महाशाखाको आयोजनामा प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप बुधबार रकम वितरण गरेको छ ।

    गर्भमा छोरी रहेको थाहा हुनसाथ भुण हत्या क्रममा वृद्धि भए पश्चात छोरी वचाउ अभियान थालिएको हो ।

    महानगरपालिकाले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ । भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई रु २५ हजार बैंकको अक्षकोषमा जम्मा गरि दिएको छ ।

    महानगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक वजेट निति तथा कार्यक्रममा प्रोत्साहन रकम प्रदान गराउने निर्णय गरेको थियो ।

    भने नगर उपप्रमुख इन्दीरा कार्कीले छोरी बचाउ अभियान र छोरी पढाउ अभियान सुरू भइसकेकाे र स्कुलको छात्राहरु सँग “किशाेरीसँग उपप्रमुख” आत्मरक्षा तालिम यही वर्षबाट सुरू भइसकेकाे जानकारी दिए ।

    आमालाई संरक्षण छोरीलाई उच्च शिक्षाका लागी र नारीलाई सक्षम बनाउनका निमित्त यो अभियान थालिएको उपमेयर कार्कीले बताए ।

    महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।



सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …