देबु बानियाँ
बाहुण्डाागी । नेपाल जेसीजको आयोजनामा हुने क्षेत्र ‘घ’ को क्षेत्रीय सम्मेलनको अन्तिम तयारी गरिएको छ ।
अत्तरिया जेसीजको आतिथ्यतामा हुने सम्मेलनको करिब सबै कामहरु सम्पन्न भएका छन् भने आन्तरिक व्यवस्थापनमा आतिथ्यता शाखा लागि परेको छ ।
स्मारिका प्रकाशनको तयारी समेत अन्तिम अवस्थामा छ । गेट निर्माणका कामहरु धमाधम भइरहेका छन् । सम्मेलनमा सहभागि हुन आउने शाखाहरुका लागि प्रि रजिष्ट्रेशन बुधबारबाट बन्द गरिएको छ । अब कार्यक्रम स्थलमै पुगेर रजिष्ट्रेशन गर्नु पर्नेछ । प्रि रजिष्ट्रेशन गरेमा नगद ४२ सयमा खान बस्नको व्यवस्थापन हुनेछ भने भोलिदेखि रजिष्ट्रेशन गर्दा बसाई व्यवस्थापन सहभागि आफैले गर्नु पर्ने शाखाका अध्यक्ष गणेश शाहलेब बताउनु भयो ।
दुई दिनसम्म संचालन हुने सम्मेलन यस अघि अत्तरियामा हुने भनिए पनि सम्मेलन स्थलको अभाव र सहभागिलाई बसाईमा समेत समस्या हुने भएकाले यसको सहजताका लागि धनगढीमा हुने भएको छ । धनगढीमा रहेको ओम पार्टी प्यालेसमा हुने सम्मेलनका लागि हल व्यवस्थापनको काम समेत भइरहेको अध्यक्ष शाहले बताउनु भयो । अध्यक्ष शाहका अनुसार अत्तरियामा सम्मेलन हुदाँ पनि आधा मानिस धनगढी नै जानु पर्ने थियो तर अब त्यो झन्झटको समाधान भएको बताउनु भयो ।
एरिया डि का ४८ वटा शाखाका करिब ७ सयको सहभागिता रहने छ भने अन्य शाखाहरुबाट समेत उल्लेखिय सहभागिता हुनेछ ।
सम्मेलन सफल बनाउन विभिन्न उपसमिति बनाएर कामलाई अघि बढाइएको अध्यक्ष शाहले बताउनु भयो । एरिया डि सम्मेलन नेपाल जेसीजको यो वर्षको अन्तिम सम्मेलन भएकाले यसलाई ऐतिहासिक बनाउने निरुपित कार्यकारीाी उपाध्यक्ष श्यामसुन्दर पौडेल मिलनले बताउनु भयो ।