• रातोकलम अनलाइन,क्वालालम्पुर

    बिस्वभरका मानिसहरु यो आधुनिक जमानाको च्यालेन्ज संगै खस्किरहेको मुलुकको अर्थतन्त्र लाइ उठाउन होस् वा आर्थिक भार कम गर्न नेटवोर्क कम्पनीहरु बजारमा विभिन्न माध्यम बाट उदाइ रहेका छन्!केहि वर्ष यता नेटवोर्क ब्याबसायको मोह र बढ्दो आकर्सण ले नेपालीहरुको ध्यान खिच्न सफल भएको छ!त्यसो त बिकसित मुलुकहरुमा मुख्य आम्दानीको श्रोत नै नेटवोर्क ब्याबसाय लाइ मानिन्छ!भने हामि नेपालीहरुको लागि नेटवोर्क ब्याबसयाको संघर्स,चुनौती र सम्भावना पेचिलो छ! नेटवोर्क ब्याबसाय सम्बन्धि पर्याप्त ज्ञ्यान,बजार ब्याबस्थापन,अनौपचारिक सिक्षा,सरकारी नीति प्रस्ट नहुदा यस किसिमको ब्याबसायमा सम्भावना न्यून छ!यसै सन्दर्भ लाइ आधार मानेर नेटवर्क ब्याबसाय सम्बन्धि लामो अनुभब लाइ समेटेर तयार पारिएको रिपोर्ट जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ!रोजगारीको सिलसिलामा तीन बर्ष अघि मलेशिया आएका पर्वतका राजन केशी (नाम परिर्वतन) को सम्पर्क डिएक्सन (DXN) नेटवर्किङ्ग कम्पनीका एजेन्ट संग एकदिन अचानक भेट हुन्छ । केसि र एजेन्टको भेटको मौका मै DXN बारे धेरै कुराहरु बुझ्ने अवसर प्राप्त गरे।यसै त एजेन्टहरु प्राय सोझो र आफुले भनेका मान्ने ब्यक्तिहरुकै खोजिमा हुनेरहेछन।मालाई भेट्दा ढुङा खोज्दा देउता मिले झै भए छ,केसिले थपे।

    फुर्सदको समयमा प्राय एजेन्ट र केसिको क्रमिक रुपमा भेटघाट भइरहन्थ्यो।नेटवर्क ब्याबसायमा लागे आफ्नो जिवन स्तर उकास्न र भबिस्यमा मनग्य आम्दानी हुने लालच देखाए पछि केसिले पनि आफू दर्ता भएर काम गर्न रुचाए।त्यसपछि नेटवर्क ब्याबसाय सम्बन्धि अध्यान र जानकारी सम्बन्धि उक्त कम्पनीका लिडरहरुले आयोजना गर्ने विभिन्न गोष्ठीहरुमा सहभागी हुन थालेका रहे छन।बिस्तारै त्यस भित्रका फरक-फरक पदमा कार्यरत ब्याक्तित्वहरु सङ भेट हुँदै गयो। उनले भेटेका नेटवर्क कम्पनीमा काम गर्ने ब्यक्तिहरुले पनि उनलाई नेटवर्क गरेर आफ्नो भविष्य मात्र नभइ परिवारको भविश्य पनि सुन्दर हुने सपना देखाए । नेटवर्क  कम्पनीका विधि अनुसार  पहिला केहि साथीहरु लाई सदस्य वनाउनु पर्ने हुन्छ।र दर्ता भइ सकेका साथिहरुले निरन्तर रुपमा सकृय भइ काम गरे बापतमा आफू लाई पनि केही लाभांश प्राप्त हुने कुरा बताए पछी  ति साथी संगै आफुले पनि उक्त कम्पनीको सामाग्रीहरु प्रयोग गर्न थाले। कम्पनीको नियम अनुसार सदस्य वनाएपछि अरु सदस्य पनि थप्नु पर्ने र सामान पनि खरिद गर्नु पर्ने हुन्छ। त्यस वापत प्रायोजकले प्वाइन्ट पाउने गरेको केशीले वताए । केशी मलेसियाको एक फलाम कम्पनीमा काम गर्छ्न। महिना भरि काम गर्दा १ हजार रिङ्गेट भन्दा बढि कमाउन सकेका थिएनन् । उनले पनि तिनै डिएक्सनका एजेन्टले दिएको अर्का उपायको सदुपयोग गरेर छिटै पैसा कमाउन तिर लागे।तर सोचेको र भनेको जस्तो एक छेउ पनि भएन। कम्पनीमा ८ घण्टा श्रम गरेर वचेको समय नेटवर्क  कम्पनीको काम गर्ने निर्णय गरे।

     

    उनले करिब  ४ वर्ष नेटवर्क क्षेत्रमा काम गरे। कम्पनीका कस्मेटिक सामान प्रयोग मात्र गरेनन् प्वाइन्ट बढाउन ति सामानहरु घर सम्म पठाए । त्यो वाहेक उनले भेटेका साथीलाई नेटवर्किङ्ग कम्पनीको थुप्रै सदस्यहरु वनाए । यहाँ सम्मकी जो साथी भेटदा पनि उनले वोल्ने भाषा नै परिर्वतन गर्न सम्म पछि परेनन।सुरुमा नेटवर्किङ्ग कम्पनीमा आवद्ध हुन नचाहने साथीलाई पनि धेरै पटक आग्रह गरे । धेरै पटक ति साथीहरुको होस्टलमा नेटवर्क सम्बन्धि बुझाउन धाउने गर्थे।यसरी दुःख गर्दा उनले कमाउने भन्दा बढि गुमाउन पर्यो। न उनका अगुवाले भने जस्तो लाभ भयो न सुख सयल भयो न मनग्य पैसानै कमियो?  वरु उल्टै कम्पनीवाट आउने मासिक तलव पनि कम हुदै गयो । यता कम्पनी वाट आउने कमाई पनि नेटवर्कको सामाग्री किन्दैमा सिदिन्थ्यो भने खर्चको लागि  घर पनि पठाउन सकेनन् । यद्यपि साथिहरुको अगाडि हासोको पात्र बन्छु भने भित्री त्रासले नेटवर्क कम्पनी वाट राम्रो कमाइ हुने र जिन्दगी परिर्वतन हुने झुठो आश्वासन  अरु नयाँ सदस्यहरु लाई निरन्तर  दिने गर्थे।राजन केसि त एक उदाहरण मात्र हुन । केशी जस्ता धेरै जना मलेशिया श्रम गर्न र परिवारको भरण पोषणका लागि आएका नेपाली नेटवर्क कम्पनीमा लागेर आफ्नो पैसा र समय ववार्द गरिरहेका छन् ।

     

    युनिटी लाइफ,डि एक्सन,हर्वाे,मुन स्पेस लगायत  अन्य धेरै  नेटवर्क कम्पनीमा लागेर नेपाली श्रमीकलाई छिटै धनी वन्ने सपना वाडिरहेका नेटवर्क कम्पनीका हिमायतीहरुले नेपाली श्रमीकहरु लाई झुक्याइरहेका छन् । नेपाली श्रमीक पनि छिटै कमाइ गर्ने लालचमा यस्ता कम्पनीमा पुजी र समय ववार्द गरिरहेका छन् । नेपाल सरकारले पुर्ण प्रतिवन्ध लगाएका नेटवर्क कम्पनीले मलेसियामा भने खुल्लम खुल्ला नेपाली श्रमीकहरुमा ठगी धन्दा  गरीररहेको छ। यो सम्वन्धमा नेपाली श्रमीकका अगुवा पनि वोल्न सकिरहेका छैनन् ।नेपाली श्रमिकका पक्षमा काम गर्ने सघ सस्थाका प्रतिनिधि,अगुवाहरूको मुख्य आय श्रोतनै नेटवर्क ब्याबसाय भइरहेको छ।नेपालीहरु सोझा र सरल इमान्दारी भएकै कारण सजिलै संग फकिने गर्छन।मलेसियामै  कम्पनी रहेको डिएक्सनले रातो च्याउ वाट उत्पादीत खाद्य  सामाग्रीलाई औषधी भन्दै झुक्याउदै आएको छ । वास्तवमा त्यो ‘फिड सप्लिमेन्ट’ भए पनि औषधि भन्दै ग्राहकलाई त्यसका एजेन्टहरुले नेपाली श्रमिक सम्म विक्रि गर्दै आएका छन् ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…