धनकुटा । धनकुटा लेडी जेसीज(प्र) को जेसीज सप्ताह अन्तर्गत आज धनकुटा सात स्थित त्रिवेणी मा.बि.मा स्यानेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम धनकुटा जिल्ला अस्पतालका डा.अमिताभ ठाकुर ज्युको प्रमुख आतिथ्यता,संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापा ज्युको अध्यक्षता र बिध्यालयका प्रधानाध्यापक श्री ईश्वरी प्र.अधिकारी ज्युको बिशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा डा.अमिताभ ठाकुरले स्वास्थ्य सम्बधी सबैलाई सचेत रहन आग्रह गर्दै, हाम्रो समाजमा महिनावारी सम्बन्धी रहेका बिभिन्न भम्रहरू चिर्ने प्रयास गर्दै,छात्राहरूलाई स्वास्थ्य सम्बन्धी शिक्षा पनि दिनु भएको थियो भने स्यानेटरी प्याड यस बिध्यालयमा अध्ययनरत माध्यमिक तहका किशोरीहरूलाई वितरण गरिएको थियो । कार्यक्रममा स्यानेटरी प्याड दिएर नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष सुमन कृष्ण श्रेष्ठले सहयोग गर्नु भएको थियो भने संयोजन कार्यकारिणी उपाध्यक्षद्वय बिशिका श्रेष्ठ र रबिना श्रेष्ठको रहेको थियो।कार्यक्रम संचालन पुरस्कार वितरण संयोजक अर्चना श्रेष्ठले गर्नु भएको थियो।त्यसै गरी स्वागत मन्तव्य बिशिका श्रेष्ठ र आस्था पाठ उफाध्यक्ष दिपिका श्रेष्ठले गर्नु भएको थियो ।