• बाहुण्डागी, २५ भदौ । विराटनगर जुनियर जेसीजले ३ दिने अन्तरविद्यालय जेसीज रमपम टेवलटेनिस टुर्नामेन्ट बुधवारवाट विराटनगरमा शुरु भएको छ । १८ औ संस्करणको टेवल टेनिस जेसीजले अन्तरविद्यालय टेवलटेनिस प्रतियोगिता शुरु गरेको हो । प्रतियोगिताको विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मेयर पराजुलीले खेलकुद क्षेत्रको विकासका लागि सवै पक्षको सहयोग आबश्यक रहेको बताए । विराटनगर महागरले विद्यालय स्तरवाटै खेलकुदको विकासका लागि पहलकदमी काम समेत गरिरहेको बताए । साथै उहाँले जेसीजले सामाजिक क्षेत्रमा उल्लेखि कार्य गरेको बताउँदै सानै उमेरदेखी युवाहरु यो अभियानमा जोडिएकोमा खुसी व्यक्त गर्नु भयो । टेवलटेनिस प्रतियोगितामा विभिन्न स्थानका २६ वटा स्कुलहरुले सहभागिता जनाएका छन् । विराटनगर जुनियर जेसिजका अध्यक्ष दिपा ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी तथा समाजसेवी महेश जाजु,नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर मिलन पौडेल ,विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा शन्देश दास श्रेष्ठ, विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…