काठमाडौं । माछापुच्छ«्रे बैंक र र बिजी अस्पतालसँग एंण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
पोखरामा कार्यालय रहेको बिजी अस्पतालसँग एंण्ड रिसर्च सेन्टरसंगको सम्झौतापत्रमा माछापुच्छ«े बैंकको तर्फबाट पोखरास्थित रामबजार शाखाका प्रमुख श्री विरेन्द्र के.सी तथा बिजी अस्पतालसँग एंण्ड रिसर्च सेन्टरसंगका तर्फबाट निर्देशक श्री निर्मल लामिछानेले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार अब माछापुच्छ«्रे बैंककाग्राहकहरूले बिजी अस्पतालले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनछन् । बिजी अस्पतालले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान÷एक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, बेड चार्ज लगायतका सेवामा १०% छुट दिने भएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु, १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।