• मोरङ मिक्लाजुङ मधुमल्ला  कि सायना सुब्बा काठमाडौंमा रहेर मोडलिङ क्षेत्रमा जम्ने सुरमा छिन् । फिल्म खेल्ने समेत इच्छा जगाएकी सायानाले कुराकानीको क्रममा अभिनय क्लास लिईरहेको बताईन् । ‘अभिनय अझै राम्रोसँग सिकेर जानेर मात्र फिल्म लाईनमा हात हाल्ने सोचमा छु,सायानाले भनिन् । कलाकारिता क्षेत्रमै केहि गर्ने सोच बनाएकी सायनासँग रातोकमलम डटकमले गरेको कुराकानी



    • मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?


    म सानैदेखी मोडलिङ र कला क्षेत्रलाई मन पराउने र माया गर्ने मान्छे भएकोले पनि यस क्षेत्रमा आकर्षित भए । पछि
    मिस नेन्सनल ब्युटि प्रजेन्टमा भाग लिएपछि म मा मोडलिङ प्रति झुकाप बढेको हो । अस्मित लिम्बु दाईको फुल्न नपाई झर्यो माया बोलको गीतमा पनि अभिनय गरेर यस क्षेत्रमा डेब्यु गरेको हु । यो भन्दा अगाडि बालकलाकारको भुमिकामा पनि अभिनय गरिसकेको थिए ।



    • पहिलो चोटी क्यामेराको फेस गर्दा कस्तो अनुभव रह्यो ?


    सुरुमा त क्यामेराको फेस गर्ने होला भन डर र लाज लाग्यो । तर क्यामेरा फेस गरिसकेपछि डर लाज भन्दा पनि कसरी राम्रो अभिनय गरौं भन्ने लाग्यो । गर्दै जाँदा एकदमै रमाईलो लाग्यो ।

    • मोडलिङलाई रहरको रुपमा लिनु भएको छ कि करियर ?


    मोडलिङ मेरो रहर भएपनि यसलाई करियरको रुपमा अगाडी बढाउने सोचमा छु ।

    • यो क्षेत्रमा पारिवारिक सर्पोट कत्तिको छ ?


    कुनै पनि क्षेत्रमा अगाडी बढ्नको लागि साथ सहयोग र हौषलाको खाँचो हुन्छ । यहि क्षेत्रमा केहि गर्नका लागि मलाई सर्पोट गर्ने थुप्रै शुभेच्छुकहरु हुनुहुन्छ । उहाँहरु बिना अघि बढ्न सम्भव रहदैन् । र परिवारको कुरो आयो, मलाई घरपरिवारबाट एकदमै ठुलो सर्पोट रहेको छ ।

    • मोडलिङ क्षेत्रमा लागेर बाँच्न गाह्रो हुन्छ भन्छन् नि ?


    मोडलिङमा मात्र होईन,हरेक पेशामा आफ्ना आफ्नै समस्या हुन्छन् । यद्यपि,आफुले अंगालेको पेशालाई मेहेनत इमान्दारिताका साथ निरन्तरता दियो भने बाँच्न सकिन्छ जस्तो लाग्छ । यसै क्षेत्रमा उत्कृष्ठ बन्ने प्रयासका साथ अघि बढिरहेको छु ।

     

    • मोडलिङमा लाग्ने युवतीहरु असुरक्षित हुन्छन भनिन्छ नि ?


    सुरक्षित असुरक्षित भन्ने कुरा आफुमा भर पर्ने कुरा हो । यो क्षेत्र आफुमा भएको कला प्रतिभा प्रस्फुटन गर्ने भएकोले पनि मलाई त्यस्तो लाग्दैन् । मैले अहिले सम्म असुरक्षित महसुष गर्या छैन् ।

    • मोडलिङ बाहेक अन्य के मा रुचि छ ?


    मलाई अध्ययन गर्न एकदमै मन पर्छ । मोडलिङ बाहेक मलाई फेसन डिजाईन र सञ्चारमाध्यममा रुचि छ । आवाज बिहिनहरुको आवाज बन्नेछु ।



    • हालसम्म कतिवटा म्यूजिक भिडियोमा अभिनय गर्नुभएको छ ?


    थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेको छु । कति युट्युवमा छन् कति सार्वजनिक हुने तयारीमा छ । हाल समयको माग टेलिफिल्ममा सुटिङ सकेर पढाईलाई अगाडी बढाउदैछु ।


    • म्यूजिक भिडियोमा कत्तिको अवसर आईरहेको छ ?


    थुप्रै म्युजिक भिडियोमा खेल्ने अबसरहरु आईरहेको छ । कुनैमा खेल्ने तयारीमा छु,कतिमा ब्यस्तताको कारण समय दिन पाएको छैन् ।

    • फिल्म खेल्ने सोच छ कि छैन ?


    छ नि एकदमै छ , मेरो रुचि नै अभिनय भएको कारणले गर्दा फिल्म खेल्ने पनि मन छ । जसको लागि अभिनयको क्लास पनि लिईरहेको छु । सुहाउदो क्यारेक्टरमा प्रस्ताप आयो भने फिल्ममा पर्दापण गर्नेछु ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…