• बाहुण्डाँगी । तिलोत्तमा जेसिजले तिलोत्तमा नगरस्तरीय अन्तर मा वि वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

    राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी बासु देव घिमिरे हुनुन्थ्यो । वहाँले योजना विनाको विकासले विभिन्न शहरहरु अव्यवस्थित भईरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकालाई व्यवस्थित बनाई दिगो विकासको सिद्धान्त अनुरुपको वातावरण मैत्री शहर निर्माण गर्न १५ वर्षको योजना बनाई काम गर्दै गरेको कुरा व्यक्त गर्नुभयो । क्लिन तिलोत्तमा र गृन तिलोत्तमाको नारा अनुरुप जन सहभागितामा आधारित विकास निर्माणकाहरु पनि हुँदै आएका छन् र यो कार्यक्रम जारी रहने बताउनु भयो । समृद्ध तिलोत्तमा अपेक्षा अनुरुप विभिन्न कार्यक्रम गरिएकोमा तिलोत्तमा लगानी सम्मेलन द्वारा लगानी भित्र्याई सार्वजनिक निजी साझेदारीको कार्यक्रम अगाडि बढाई त्यो लक्ष्य पूरा गर्ने प्रयास गरिएको छ भन्नुभयो ।

    कार्यक्रममा तिलोत्तमा शिक्षा खेलकुद शाखा बिभाग प्रमुख गङाराम आचार्य, अभिभावक महासंघ प्रदेश ५का हेम बहादुर थापा, शैक्षिक व्यक्तित्व डा मुरारी पराजुली, प्रा प्रकाश पौडेल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डिल्ली नारायण पाण्डे, शान्ति नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु एवम शिक्षकहरु, तिलोत्तमा जेसिजका संस्थापक अध्यक्ष जेसिआई सिनेटर विनोद ढकाल, पुर्व अध्यक्ष एवम् नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष बिनोद सुवेदी, पुर्व अध्यक्ष इशान बाबू कार्की, शाखा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा तिलोत्तमा शिक्षा खेलकुद शाखा बिभाग प्रमुख गङाराम आचार्य, अभिभावक महासंघ प्रदेश ५का हेम बहादुर थापा, शैक्षिक व्यक्तित्व डा मुरारी पराजुली, प्रा प्रकाश पौडेल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डिल्ली नारायण पाण्डे, तिलोत्तमा जेसिजका संस्थापक अध्यक्ष विनोद ढकाल, पुर्व अध्यक्ष ईशान बाबू कार्की लगायतले बोल्नुभएको थियोे ।

    कार्यक्रममा तिलोत्तमा शिक्षा शाखा प्रमुख गङाराम आचार्यले तिलोत्तमा जेसिजले गरेको असल कार्य प्रती धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा शिक्षक विद्यार्थी र समुदाय मिलेर सुधार गर्न सकिन्छ भन्नुभयो । अभिभावक संघ प्रदेश ५ का अध्यक्ष हेम बहादुर थापाले उक्त कार्यक्रमको प्रसंशा गर्दै तिलोत्तमा जेसिज संग सहकार्य गर्न चाहेको कुरा व्यक्त गर्नुभयो । प्राध्यापक प्रकाश पौडेलले घोकन्ते शिक्षा नभई सृजनशिल शिक्षामा जोड दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा शान्ति नमुना माविका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले, तिलोत्तमा नगरपालिकाको भविष्यको बारेमा आजका बालबालिकाले के सोच्छन भन्ने कुरा बुझ्न सजिलो भएको कुरा व्यक्त गर्नुभयो । र यस वक्तृत्वकला प्रतियोगिताले तिलोत्तमा नगरपालिका कस्तो बनाउने भन्ने सम्बन्धमा धारणा निर्माण गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

    “समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर शहर सुशासनयुक्त, पर्यटकिय र समृद्ध तिलोत्तमा नगर” शिर्षकमा सम्पन्न प्रतियोगितामा तिलोत्तमा नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि २१ बिद्यालयको सहभागिता रहेकोे थियो । प्रतियोगितामा होराईजन गौतम बुद्ध अङ्ग्रेजी स्कुलका रियाज ढकाल प्रथम हुन सफल भए । त्यसै गरि द्वितीय स्थान शान्ति नमुना माध्यमिक विद्यालयकि सन्ध्या बस्ताकोटीले प्राप्त गरिन । सेन्ट जोसेफ अङ्ग्रेजी स्कुलकी ओसिन थापाले तृतीय स्थान प्राप्त गरिन भने सान्त्वना स्थान प्यारामाउण्ट अङ्ग्रेजी आवासिय स्कुलकी दिपिका पाण्डेले प्राप्त गरिन । बिजेताले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद तथा मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरे

    तिलोत्तमा जेसिजका अध्यक्ष जय प्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव लोक प्रसाद भण्डारीको संचालनमा रहेको थियो । कार्यक्रमको संयोजक कानुनी सल्लाहकार बासुदेब शर्मा रहनुभएको थियोे । अध्यक्ष भट्टराईले कार्यक्रम सम्पन्न गर्न मद्दत गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै तिलोत्तमा जेसिजले यस्ता कार्यहरु निरन्तर गर्ने बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…