• बाहुण्डाँगी । बुधबारे जेसीजको जेसीज सप्ताह शुक्रबार सकिएको छ । सोमबारबाट सुरु भएको जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गरिएका छन् ।

    समापनको दिन जेसीज सप्ताह अन्तर्गत बुद्धशान्ति गाउँपालिकाका पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, संम्भावना बोकेका क्षेत्र र बुद्धशान्तिका धरोहरहरु समेटिएर फोटो प्रर्दशनी गरिएको थियो भने लिडरसीप तालिम पनि गराइएको थियो ।

    रेडक्रस भवन बुधबारेमा भएको कार्यक्रमको सभापतित्व बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालले गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष मञ्जरी घिमिरेले लिडरसीप तालिम प्रदान गरेकी थिइन् । तालिममा बुधबारे जेसीजका पदाधिकारी, शिक्षक, विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि सहित ५० बढीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार शाह, झापा उद्योग वाणिज्य संघ शाखा बुधबारेका अध्यक्ष रुद्र चापागाई, बुधबारे जेसीजका पूर्व अध्यक्षद्धय जेसी सेमन्त पोखरेल र फडिन्द्र चापागाई, युवा व्यवसायी मदन प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    महासचीव जेसी मुकेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जेसी नवराज कोइरालाले राखेका थिए । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलको संयोजकत्वमा जेसीज सप्ताह भएको थियो ।

    जेसीज सप्ताह अन्तर्गत जेष्ठ नागरिक सम्मान, दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले स्लो मोटरसाइकल रेस, रक्तदान, शैक्षिक सामग्री वितरण, फोटो प्रदर्शनी र लिडरसीप तालिम सम्पन्न भएको बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्लेले जनाएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…