• बाहुण्डाँगी । व्यस्त जीवन शैलीको कारण मानिसहरू बिभिन्न प्रकारका चिन्ता, तनाव र मानसिक चापले घेरिने गर्दछन् । खेलकुदले हामीलाई त्यो तनाव र चिन्ताबाट केही मात्रामा भए पनि मुक्त गर्न मद्दत गर्छ र जीवनमा आई पर्ने चुनौतीहरूको पनि सामना गर्न सक्षम बनाउछ त्यसैले खेल खेलौं स्वस्थ्य र मस्त रहौं भन्ने उद्धेश्यले धनकुटा लेडी जेसीज (प्रस्तावित) को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौ कार्यक्रम महिला) महिला बिच डोरी) तान प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रम धनकुटा लेडी जेसीजकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापाको अध्यक्षता, उपाध्यक्ष जेसि मेनुका बस्नेतज्युको संयोजन तथा धनकुटा उधोग वाणिज्य संघ धनकुटाकी उपाध्यक्ष मन कुमारी तितुङ्ग (तारा) को प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । प्रतियोगिता आयोजक टिम र धनकुटा जिल्लामा रहेका बिभिन्न संस्थाहरू बिच मैत्रीपुर्ण खेल सम्पन्न भएको थियो भने धनकुटामा रहेका खेलाडीले खेलमा दुवै टिमलाई साथ दिएका थिए।कार्यक्रममा अन्तर पार्टी महिला संजाल,स्टेप धनकुटा,नेवा देय दवु,मार्गेश्वरी मिसा खल र धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष एवमं प्रतिनिधीको उपस्थिती रहेको थियो।कार्यक्रमको संचालन महासचिब सावित्रा राईले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिपिका श्रेष्ठले गर्नु भएको थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…