•  

    बुधबारे । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ झापाले शनिवार आप्mनो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा संस्थाको भावि कार्ययोजना तथा रणनीति प्रस्तुत गरेमा थिए । त्यस्तै संस्थाका लेखासमितिका सदस्य ज्ञानबहादुर धिमालले संस्थाको गत आर्थिक बर्षमा करिव २८ लाख शेयर पुँजी रहेकोमा यस आर्थिक बर्षमा ४४ लाख ९ हजार शेयर पुँजी बुद्धि गरेको, ७६ लाख १९ हजार ७९० निक्षेप संकलन, १ करोड १ लाख, ३ हजार ३ सय २८ रुपैंया कर्जा लगानी तथा असुली गरि ५ करोड ८८ लाख ८३ हजारको कारोवार गरेको संस्थाले ६ लाख ८२ हजार २ सय ३१ रुपैँया नाफा गरेको लेखा प्रतिवेदन मार्फत जनाएका थिए ।

    साधारण सभाकै अवसर पारेर बिभिन्न बिधामा सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा दैनिक बचतकर्ता मध्येबाट उत्कृष्ट कारोवार गर्ने बिष्णुकुमार धिमाल, महिला बचत समूहमा माईबेराङ महिला बचत समूह, ऋणीतर्फबाट लेखनाथ भट्टराई तथा गत सालमा सेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने शिवानी मैनालीलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई अध्यक्ष, प्रमुख अतिथि र बिशिष्ट अतिथिले सम्मान गरेका थिए ।

    संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र दाहालको प्रमुख आतिथ्य तथा कृषि शाखा प्रमुख कृष्ण ढुंगेलको बिशिष्ट आतिथ्य रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि दाहालले सहकारी ग्रामिण क्षेत्रमा रहेर पनि राम्रो कारोवार रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । बुद्धशान्तिमा ६७ वटा सहकारी रहेको जनाउँदै सबै सहकारी अब व्यवसायिक बन्नुपर्नेमा जोड दिएका थिए । बिषयगत सहकारीले आफ्नो कारेवारको ३० प्रतिशत अनिवार्य बिषयगत कारोवार गनुपर्ने बताए । उनले सहकारीको नयाँ ऐननीति अनुसार आउँदो बर्षदेखि एउटै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता समेत लिन नपाईने बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…