उर्लाबारी । असोज ४ गते मोरङको उर्लाबारीमा हुने उर्लाबारी रनको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार मोटसाइकल ¥याली गरिएको छ ।
विश्व शान्ति दिवसको अवसरमा उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको प्रचारप्रसार गर्न मोटरसाइकल ¥याली गरिएको हो । उर्लाबारीको मंगलबारे, बरगाछी, उर्लाबारी चौक, सूर्य चौक, मिक्लाजुङको मधुमल्लालगायतमा मोटरसाइकल ¥याली गरिएको कार्यक्रम संयोजक प्रभू राईले जानकारी दिए । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा ७ सय भन्दा बढीको सहभागिता रहने उनले जानकारी दिए । बालबालिका, महिला, पुरुष र भेट्रान गरी दौड प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए । राष्ट्रियस्तरमा उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए ।