उर्लाबारी । समझदारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी – ४ को आज सम्पन्न ९ औँ साधारणसभाबाट अध्यक्षमा शेखरनाथ दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको उपाध्यक्षमा बिमला दाहाल भट्टराई सचिवमा जिवन बस्नेत, सहसचिवमा लक्ष्मीप्रसाद दाहाल र कोषाध्यक्षमा दिनेश पोख्रेल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा खेमकुमार गौतम, राधिका निरौला , डम्बर बराल, दुर्गादेवी अधिकारी, प्रेम ढुंगाना तथा लेखा संयोजक धनपति तिम्सिना , लेखा सदस्यमा गंगा ढुंगेल र मेलुना बस्नेत चयन हुनुभयो । साधारणसभा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी सदस्य गोमा नेपालको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष ज्ञाननाथ निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।