• तिलोचन गौतम,
    रातोकलम अनलाइन-मलेशिया
    डीसेम्वर-२९

    नेपाल एक बहु जाति,भाषा र सस्कृतीको साझा फुलबारी हो। बहु भाषी-बहु पहिचान र बहु सस्कृतिको धनी देश नेपालमा सबै बर्गहरुको आ आफ्नै मूल्य मान्यता छन।नेपाल भित्र मात्रै होइन।बिस्वको कुनाकुनामा छरिएर रहेका नेपालीहरुले आफ्नै मौलिक चार्ड,पर्ब र रहनसहनको रक्षा गर्नु निस्चय पनि कर्तब्य हो।आफ्नो जाती,भाषा र मौलिक परम्परा एबम रितिरिवाज को संरक्षण गर्नु जुनसुकै जाती,भाषिहरुको दायित्व हो।एउटा गतिशील मानिस कहिले एकठाउ मा रहन सक्दैन। काम विशेषले होस वा पेसागत रुपले होस अन्य रास्ट्रहरुमा बसोबास गर्ने नेपाली मन र भवना भएका सवै नेपाली समुदायहरुले आ आफ्नै किसिमले चार्ड,पर्व र मुल्य मान्यता अनुसार परम्परागत रिति रिवाज मान्ने प्रचलन छ।त्यसैले पनि होला जहा गए पनि यो मन त मेरो नेपाली हो भन्ने पुरानो कथन छ।

    प्रबासिएका प्राय नेपाली समुदायहरु आफु जहाँ रहे पनि नेपाली मूल्य मान्यता र परंरागत मान्यता लाई सामाजिक एकताको सत्भाब कायम राख्न विभिन्न किसिमले धर्म अनुसार चार्ड मनाउने गर्छन।आफ्नो मुलुक छोडेर पराइ देशमा पनि साङ्गठानिक रुपमा संगठित भएर चाड पर्व मनाउन थालेका छ्न ।त्यस्तै सन, २००३ मा मलेसिया आएका गुरुङ हरु ले पनी आफ्नो धार्मिक पहिचानको रक्षा गर्न र बिदेशमै भए पनि सामाजिक एकता र सत्भाब कायम राख्न तमु समाजको स्थापना गरेका थिए।अहिले तिनै नेपालिहरु ले तमु ल्होसार को अबसर पारेर सास्क्रीतिक कार्यक्रम आयोजना गर्ने भएका छन । सास्त्र हराए परम्परा हराउछ परम्परा हराए सस्कृति हराउछ। सस्कृती हराए मानिस को अस्तित्व नै हराउँछ भन्ने मुल नाराका साथ तमु ल्होसार बृहत सास्कृतिक कार्यक्रम २०१७ गर्ने भएका छन।

    उक्त कार्यक्रममा लोक गायिका तथा मोडेल सबिना तमुस्यो, बुद्धि कुमारी तमुस्यो,आरती तमुस्यो,रमेस तमु,टेकेन्द्र तमु,केस तमु,मोहन तमु,स्याम तमु,कमल खत्री,प्रेम तमु,आरजे तामाङ लगायतका कलाकारहरुले मनोरंजन दिलाउने भएका छन।भने कार्यक्रम आगामी ३१ डीसेम्बरमा क्वालालम्पुरको होटल एरिनामा बिहान ११:०० बजे बाट बेलुका ५:०० बजे सम्म हुने कार्यक्रम रहेको आयोजक समितीका
    सङगम गुरुङले जानकारी दिएका हुन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…