• बाहुण्डाँगी । धुलावारी जेसीजको आयोजनामा मेचीनगर स्तरीय अन्तर मावि कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ विषयक प्रतियोगितामा सिताराम सामुदायिक अंग्रेजी स्कुलकी शिला लामिछाने, हिमालयन अंग्रेजी स्कुलकी पुजा अधिकारी र कविशिरोमणी माविकी तपस्या राउत क्रमश प्रथम दोस्रो ् तेस्रो भए । विजेता विद्यार्थीहरुले जनही क्रमश ११००, ७५० र ५०० पुरस्कार प्राप्त गरेका थिए । निर्णायकमा केशव भट्टराई विनोद खनाल रहेका थिए ।
    मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्यता तथा धुलावारी जेसीजका निवर्तमान अध्यक्ष नारायण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष गोपाल बस्नेत, चन्द्रकुमार भट्टराई, होलीबेल अंग्रेजी स्कुलका शिक्षक सुरज कार्कीले बोलेका थिए । कार्यक्रम संयोजक प्रभाव भण्डारीले स्वागत गरेको थिए । दिनानाथ भट्टराईले आस्थापाठ गरेको कार्यक्रमको सञ्चालन महासचवि डिल्लीराम भण्डारीले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…