• देबु बानियाँ

    बाहुण्डाँगी । दाङ जिल्ला घोराहीमा रहेको बराह क्षेत्र माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत सलिना घर्ती मगर विद्यालय आउँदा हातमा किताव, कपि बोकेर आउनु पर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका उनका अभिभावकले विद्यालय जानका लागि उनलाई झोलाको व्यवस्था गर्न सकेका थिएनन् । उनी हातमै आफ्ना किताव कपी बोकेर विद्यालय जान्थिन, । सोही विद्यालय कक्षा ७ मा अध्ययनरत सुनिता घर्ती मगरको पनि समस्या उही थियो । गर्मीमा पसिनाले किताव लुर्थुकै हुने गरि भिज्थ्यो भने पानी पर्दा पनि उही समस्या ।
    सलिना र सुनिता त उदाहरण मात्र हुन् । उनीहरु जस्ता यस विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरुको समस्या उही छ । यहि समस्यालाइक्षर्् जनिकबाट हेरी रहेको त्रिभूवननगर जेसीजले उनीहरुको समस्यालाई केही हदसम्म हल गर्ने जमर्काे गरेको छ । त्रिभुवन नगर जेसीज दाङले घोराही उपमहानगरपालिका १३ मौलाकोटका झण्डै ३० जना विद्यार्थीहरुलाई शैक्षिक समाग्रीहरु बितरण गरेको छ ।
    जेसीजले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि मौलाकोट जेसीज ग्रामका २८ जना विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामाग्रिहरु बितरण गरेको हो । झोला, कापी, कलम, इलेजर, कटर, टिफिन बक्स, बोतल र जकेट विद्यार्थीहरुलाई जेसिजले उपलब्ध गराएको हो ।
    जेसिआई नेपाल फाउण्डेशनको सहकार्यमा विभिन्न क्षेत्रबाट संकलन भएको रकमले मौलाकोटका विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्रिहरु उपलब्ध गराएको जेसिजले जनाएको छ ।
    जेसिजका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षतामा कार्यक्रम गरि प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेकी हुन । कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले शैक्षिक विकासमा जेसिजले गरेको लगानीको ठूलो महत्व रहेको बताएका छिन ।
    शैक्षिक विकास विना अन्य बिकास अपुरो हुने भन्दै उनले बालबालिकामा आज गरेको लगानीले भोली देशलाई ठूलो सहयोग पुग्ने उल्लेख गरेकी हुन । विपन्न बालबालिकालाई शिक्षामा आकर्षित गर्न सहयोग गरिएको शैक्षिक सामाग्रिहरु आधार बन्ने बताएका छन ।
    कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक सुन्दर गौतम, बराह क्षेत्र सेवारका प्रधानाध्यापक ज्ञानबहादुर योगी, नेपाल जेसिजका उपाध्यक्ष लालमणि भण्डारी र मौलाकोट जेसिज ग्राम टोल विकास संस्थाका अध्यक्ष गंगाबहादुर थापाले शैक्षिक सहयोग नै बालबालिकाको शिक्षामा लगानी भएको बताएका छन ।
    कार्यक्रम संयोजक माधव केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण जेसिजका महासचिब रोशन दाहालले गरेका थिए ।
    कार्यक्रम संयोजक केसीले निकै वर्षदेखि आफुले देखेको यो समस्यालाई जेसीजद्धारा केही हदसम्म समाधान गर्न सकेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा थप सहयोग गर्दे जाने समेत बताउनु भयो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…