• बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजद्धारा फरक क्षमता भएका बालबालिकाहरुबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर नमुना माविमा आयोजना गरिएको प्रतियोगितामा किरण पन्त, प्रितम भुजेल, निरुता पौडेल, निस्ता पौडेल, निशामाया लामा, देवीसरा थापा, प्रेम मगर, प्रतिक्षा खनाल र प्रतिमा महतोले सहभागिता जनाएका थिए ।
    सोही कार्यक्रममा शाखाले नमुना माविलाई नगद १५ हजार आर्थिक सहयोग समेत गरेको थियो ।
    नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्कीको सभापतित्वमा तथा तेजनारायण पाण्डेको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, पूर्व महासचिव अरुणेस्वर खनाल, मन्जुश्री संरक्षक केन्द्रकी अध्यक्ष श्री मन्जु खाड , प्रकाश सिलवाल, स्कुल ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर थापा , प्रधानध्यापक टेक नारायण पाण्डे, गितानगर जेसजिका अध्यक्ष कृष्ण सापकोटा, सा्दानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, नारायणगढ जेसीजका अध्यक्ष बिकास मान श्रेष्ठलगायतको सहभागिता रहेको थियो । संझना प्रधानको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव अनिता श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …