•  

    काठमाडौं। नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। निर्वाचन आयोगमा दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो। नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो।

    नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३५ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ।


    नाम टुङगो लगाउन नेताहरुबीच लामो छलफल र परामर्श भएको थियो। यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो। लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा काँग्रेसले आफ्नो नाम पठाउन सकेको हो। अरु दलले बिहिवार र शुक्रवार दिउँसो नाम पठाएका थिए।

    शुक्रवार आयोगलाई नाम बुझाएपछि आयोगले यसअघी पठाएको प्राथमिकताको क्रमसँग जुधाएर हेर्नेछ। त्यसपछि मात्र ३ दिनपछि नाम आयोगले सार्वजनिक गर्नेछ। आयोगले नाम सार्वजनिक गरेपछि मात्र समानुपातिक सांसदको नाममा टुङगो लाग्नेछ। यस ३ दिनभित्र दलहरुले नाम मिलाउन समेत सक्नेछन्।

    प्रदेश १
    प्रतापप्रकाश हाङमाङ
    विद्यानन्द चौधरी
    चन्द्रप्रसाद श्रेष्ठ
    लिला सुब्बा
    ज्योति सुब्बा
    शरदचन्द्र थापा
    लोकप्रसाद संग्रौला
    सीतादेवी पौडेल
    विन्दिया कार्की

    प्रदेश नम्बर २
    शिवचन्द्र चौधरी (धनुषा)
    ओमप्रकाश शर्मा (पर्सा)
    सरस्वती चौधरी (धनुषा)
    गीताकुमारी यादव (सप्तरी)
    मन्जुकुमारी यादव (महोत्तरी)
    असियादेवी थरुनी(पर्सा)
    प्रमिलादेवी दास (महोत्तरी)
    श्यामपरी देवी (सर्लाही)
    नरेशकुमार यादव (सिरहा)
    शेखररसिद अली (रौतहट)
    सल्मा खातुन (बारा)

    प्रदेश नम्बर ३
    मिलन श्रेष्ठ
    राजेन्द्र गुरुङ
    न्हुच्छेनारायण श्रेष्ठ
    शान्तबहादुर प्रजा
    राधा घले
    जीवन डंगोल
    विजया श्रेष्ठ
    रजनी जोन्छे
    राजाराम कार्की
    बलराम पौडेल
    भीमसेन खत्री
    गीता वाग्ले
    बिजुला बर्मा
    कल्पना नेपाली

    प्रदेश ४
    मेखलाल श्रेष्ठ
    ललितकला गुरुङ
    सरिता गुरुङ
    मनकुमारी गुरुङ
    मणिभद्र शर्मा कँडेल
    ओमकला गौतम
    कुमार खड्का
    दोबाटे विश्वकर्मा
    कोपिला बोहरा

    प्रदेश ५
    बलदेव शर्मा पोखरेल
    निर्मला क्षेत्री
    रमा अर्याल
    वीरबहादुर राना
    भुवनेश्वर चौधरी
    पुष्पा थरुनी
    माला गोतामे सुनार
    रुन्धावती दुवे
    अर्जुनकुमार श्रेष्ठ
    रिना विक
    सूर्यमति उपाध्याय
    मो. याकुल अन्सारी

    प्रदेश ६
    यज्ञबहादुर बिसी
    हिमबहादुर शाही
    अमृता शाही
    दिनबन्धु श्रेष्ठ
    झोवा विक

    प्रदेश ७
    गोविन्द बोहोरा
    देवराज पाठक
    दिव्यश्वरी शाह
    अम्बिकुमारी थापा
    उमा वादी
    श्यामला राना
    कुमारीनन्द बम
    टेकबहादुर रैका










सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …