• मेचीनगर । राष्ट्रिय बाल दिवसको अवसरमा पारिजात पब्लिक स्कुल मेचीनगर ९ मा वक्तृत्वकला तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । ‘बाल अधिकारको सुनिश्ति अधिकार, समृद्ध नेपालको आधार’ विषयमा भएको प्रतियोगितामा वक्तृत्वकलातर्फ समिक्षा खड्का प्रथम, अनुषा चापागाई दोस्रो र हेमन्त अधिकारी तेस्रो भएका थिए ।
    कविता प्रतियोगितामा प्रशान अतिवडा प्रथम, प्रज्जवल अतिवडा दोस्रो र शितल आचार्य तेस्रो भएका थिए । दुवै प्रतियोगिताको निर्णायकका रुपमा शिक्षक देबु बानियाँ रहनु भएको थियो । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
    विद्यालयका संस्थापक प्रिन्सिपल विनोद प्रधानको सभापतित्व तथा कविशिरोमणी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोकतन्त्र पोष्टका प्रधान सम्पादक झुलन रेग्मी, जनसंसदका सहसम्पादक डम्बर बराललगायतको सहभागिता रहेको थियो ।
    सोही कार्यक्रममा कक्षा ८ मा मेचीनगर प्रथम हुने समिक्षा खतिवडालाई समेत सम्मान गरिएको थियो ।
    स्मरण रहोस यो विद्यालय यस क्षेत्रको शैक्षिक जगतको अब्बल विद्यालय हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…