• धरान । सर्वोच्च अदालतले सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न आदेश दिएको छ ।



    वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरु कागजता पेश गर्न आदेश दिएको हो ।



     



    सुनसरी–३ मा चौधरीलाई तीन सय २१ मतले पराजित गर्दै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको थियो । गच्छादारले निर्वाचन आयोग र प्रशासनको मिलोमतोमा आफूलाई धाँधली पूर्ण तरिकाले हराएको भन्दै चौधरीले मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।



     



    शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अरु कागजात ल्याउन भनेको हो ।



     



    चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वाचित हुनुभएका विजय गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।



     



    गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको छ । एक लाख ९ हजार ९ सय १७ मतदाता रहेको सुनसरी–३ मा ८५ हजारभन्दा बढी मत खसेको थियो । त्यस क्षेत्रमा एक सय २५ वटा मतपेटिका थिए । मतगणनाका क्रममा सुनसरी–३ मा विवाद भएको थियो ।



     



    यसअघि स्थानीय तहको चुनावका क्रममा भतरपुर महानगरपालिकाको मगणनाका विषयमा परेको मुद्दाको सुनुवाई हुँदा पनि सर्वोच्चले मतपत्र झिकाएको थियो ।



     


सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …