• पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।

    घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिनुभयो । पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपद्मा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिनुभयो । नेपाल प्रहरीले विसं २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…