• काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावबाट जनादेश प्राप्त दलहरुको निम्ति प्रधानमन्त्रीले बाटो खोलिदिने विश्वासका साथ राष्ट्रिय सभा चुनाव अध्यादेश जारी गरेको उनको सचिवालयले जनाएको छ।

    लामो समय आफूले रोकेको अध्यादेश जारी गर्नुअघि प्रधानमन्त्रीलाई बोलाएर राष्ट्रपतिले त्यस्तो आग्रह गरेको बताइएको छ। अध्यादेश जारी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई उसको सुझाव अनुसार जति सक्दो छिट्टै राष्ट्रिय सभा चुनावको मिति घोषणा गर्ने वचन दिएका छन्।

    अध्यादेश रोक्ने आफ्नो कदमलाई लिएर राजनीतिक ध्रुवीकरणसँगै अन्य कानूनी र संवैधानिक बहस तीव्र भइरहेका बेला राष्ट्रपति अध्यादेश जारी गर्ने निर्णयमा पुगेकी हुन्। संयोग मात्र पनि हुनसक्छ, राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट शुक्रबार पेशीमा थियो।

    अध्यादेश रोक्ने आफ्नो कदमलाई लिएर राजनीतिक ध्रुवीकरणसँगै अन्य कानूनी र संवैधानिक बहस तीव्र भइरहेका बेला राष्ट्रपति अध्यादेश जारी गर्ने निर्णयमा पुगेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयले यसअघि जनाएअनुसार श्रृंखलावद्ध परामर्श गरेकी उनी अध्यादेशमा दलीय सहमतिको अपेक्षामा थिइन्।

    त्यसबारे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश जारी गर्नुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर भनेको कुरा उद्धृत गर्दै भने, ‘मैले त सक्दो प्रयास गरेकै हुँ । तर अझै पनि सहमति भएको महसुस मैले गरेको छैन। मैले आफ्नो भूमिका निर्वाह गर्छु’ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …