आफ्नै घर बनाएर व्यवस्थित तरिकाले बसेकाहरुलाई त पाहुना आउँदा समस्या हुन्छ भने एउटा कोठामा मात्र भाडामा लिएर बस्नेहरुका लागि यो समस्या नहुने त कुरै भएन । दैनिक जीवनयापन गर्नका लागि लिईएको एउटा कोठामा पाहुना आउँदा नत उनीहरुलाई राम्रो सत्कार र सम्मान दिन सकिन्छ न त आफू सहज रुपले बस्न सकिन्छ ।
कहिले काही पाहुना आउनु स्वभाविक नै हो । तर केही व्यक्तिहरु भने दैनिक आउने पाहुनाका कारण पनि तनावमा रहेको हामीले देखेका हुन्छौँ । यहि विषयवस्तुलाई मध्यनजर गर्दै एउटा कमेडी भिडियो तयार भएको छ । यदि तपाईँ पाहुना आएर दिक्क हुनुहुन्छ भने पाहुनालाई भगाउने सहज उपाय भन्दै फर्सीनेटवर्कले एक भिडियो तयार पारेको छ ।
यस भिडियोमा कलाकार सुमन कार्कीले पाहुनालाई भगाउने सात उपाय रमाईलो तरिकाले प्रस्तुत गरेका छन् । यदि तपाईँ पनि यस्तो समस्यामा पर्नु भएको छ भने ‘मुड फ्रेश’ नामक यो भिडियोले तपाईँहरुलाई केही मात्रामा राहत दिन सक्छ ।