दुधे, १ असोज ।
झापाको शिवसताक्षीमा पहिलो पटक जिल्ला स्तरीय खुल्ला बुद्धीचाल (चेस) प्रतियोगिता हुने भएको छ । दश,ै तिहार र छठपर्वको अवसर पारेर प्रतियोगिता संचालन गर्न लागिएको आयोजक शिवसताक्षी वुद्धिचाल संघले जानकारी दिएको छ ।
दुधेमा वुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले दुधेलाई खेलकुदको माध्यमबाट परिचित गराउन वुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको छ । प्रतियोगिता ७ देखि ९ कार्तिक सम्म झापाको दुधेमा हुने आयोजक संघका अध्यक्ष लाहानशिंह तुम्वाफोले जानकारी दिए ।
शिवसताक्षीमा पहिलो पटक हुन लागेको यो प्रतियोगितामा ७४ हजारको नगदै पुरस्कार राशी राखिएको छ । करिव २ लाख खर्चको अनुमान राखेको अयोजकले सवै खर्च खेलाडीको सहयोगमा जुट्ने वताएको छ । स्थानीय सरकार शिवसताक्षी नगरपालिकालाई आयोजकले सवै विधाका खेल सरह चेसलाई पनि हेरेर सहयोग गरिदिन अनुरोध गरेको छ ।
नेपाल पुर्व च्याम्पियन आर्बीटर भुपेन्द्र निरौलाको नेतृत्वमा निर्णायक टोलीले प्रतियोगिता संचालन गर्ने खेल संयोजक भिम थाम्सुहाङ्गले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजताले १५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी, चौथो हुनेले ६ हजार ,पाँचौ हुनेले ५ हजार र छैटौ देखी १० आंै हुने बिजेताले जनही ३ हजार रुपैयाँ र प्रमाण पत्र पाउने आयोजक समितिले जनाएको छ ।
यस्तै वर्गाीकृत पुरस्कार तर्फ भेट्रान, वेष्ट महिला, उदयमान खेलाडी , शिवसताक्षी नगरतर्फको च्याम्पियन, उत्कृष्ठ दुधे र उत्कृष्ठ अन्डर १६का विजेताले जनही २ हजार र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।