मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर ६ मा रहेको पर्ल एकेडेमिले कक्षा ११ का विद्यार्थीहरुलाई आईतवार स्वागत तथा सम्मान गरेको हो ।
एकेडेमिले यसै वर्ष देखि ग्रामिण भेगमा रहेको सो विद्यालयमा व्यवस्थापन संकायका लागि कक्षा ११ को पठन पाठन सुरु गरेको हो ।
अग्रेजी माध्यम वाट पठन पाठन गराउदै आएको सो विद्यालयले कक्षा ११ मा पनि सोही माध्यम वाट अध्ययन अध्यापन गराउने ऐकेडेमिकी संचालन मनकुमारी गुरुङले वताईन ।
पहिलो वर्षको कक्षा संचालनका लागि १९ जना विद्यार्थीहरु भर्ना भएको जनाईएको छ ।
कार्यक्रममा प्रमुख अथिति रहेका कानेपोखरी गाउपालिका अध्यक्ष तारा वहादुर काफ्ले ग्रामिण भेगमा गुणस्तरिय शिक्षा प्रदान गर्ने सोचका साथ संचालनमा ल्याईएको कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।